“मेहनत गर्यो भने सफलता मिल्दोरहेछ”, आलोकले भने । दुईजना सन्तानमध्ये दुवैजना शरीरिक अपाङ्गता छ । दुवैजनाको कम्मर नचल्ने समस्यम रहेको आमा तेजकुमारीले बताए । कम्मर नचलेपछि एक ठाउँमा बसेका उनीहरु अर्को ठाउँमा सर्न सक्दैँनन्। दिशा पिसाब गराउन दुवै छोरालाई बुबाआमाको सहारा चाहिन्छ ।कान्छो छोराले लोकसेवा पास गरी सरकारी प्रवेश गरेसँगै परिवारमा एउटा खुसी प्रवेश गरेको आमा तेजकुमारीले बताए । जन्मिएको करिब नौ वर्षको उमेरदेखि दुवै छोरा हिँड्न नसक्ने भएपछि बुबाआमाले ह्विल चियरको सहारामा विद्यालयसम्म लैजान्थे । दैनिक विद्यालय पुर्याउने र ल्याउने गर्दै उच्च शिक्षासमेत त्यसरी नै पढाएको बुबा भुवनले बताए । इलामको सन्दकपुर घर भएका उनीहरु छोराहरु हिँड्न डुल्न नसक्ने भएकाले इलाम बजारमा सरे । छोराहरुको शिक्षाका लागि भनेर लामो समय दुःख र सङ्घर्ष गर्नुपरेको उनले दुःसेसो सुनाए । “उपचारका लागि नेपालका धेरै अस्पतालमा लगे पनि उपचार सम्भव भएन । ह्विल चियरमा भए पनि विद्यालय र उच्च शिक्षा हासिल गराउपर्छ भनेर हामीले निरन्तर सङ्घर्ष गर्यौँ”, उनले भने । “आफ्नो आफ्नो लेखान्त रहेछ । जे भए पनि एउटा खुसी पाएका छौँ”, आमा तेजकुमारीले भने । अहिले पनि बजारमा तरकारी पसल गरिरहेको भन्दै छोरालाई कार्यालय लैजाने र ल्याउने काममा बुबा दैनिक खटिनुपर्ने उनले जानकारी दिए । “म तरकारी पसलमा बस्छु । बुबाले कान्छो छोरालाई कार्यालय छोडेर आएपछि पालैपालो गरेर घरमा भएको छोरोलाई दिसापिसाब गराउने र खान दिने गरिरहेका छौँ”, उनले भने । गत जेठमा नियुक्त लिएर पाँचथरको अमरपुरमा हाजिर गर्न आएका आलोक इलाममा सरुवा लिएर हाल जिल्ला हुलाक कार्यालयमा कार्यरत छन् । अमरपुरमा हुँदा पनि चारैजनाको परिवार उतै बस्दै आएको थियो । आलोक जिल्लामा एक उदाहारण बनेको छ । मेहनतले सफल भइने उनको बुझाइ छ । उनी अरूलाई पनि मेहनत गर्ने सल्लाह दिन्छन् । उनले दोस्रो पटकमा नाम निकालेको हो । १२ जनाको कोटामा करिब तीन हजारको प्रतिस्पर्धा रहेको उनले बताए । “दोस्रो चरणमा पनि दुई सय ८४ जनाले परीक्षा दिएकामा खुल्ला तेस्रो नम्बरमा नाम निकाल्न सफल भएको हुँ”, आलोकले भने । लोकसेवा आयोग धेरैको सपना जस्तै बनेको छ । उनीहरुले मेहनत गरेकाले सफलता मिलेको बताए ।
प्रतिक्रिया