संसदमा नामकरणको छलफल, प्रदेशसभा भवन अगाडि प्रदर्शन

बुधबार, १७ फागुन २०७९
विराटनगर । प्रदेश १ को नामकरणको विषयमा प्रदेशसभामा बहस भइरहेका बेला प्रदेशसभा भवन बाहिर विभिन्न जातीय संगठनमा आबद्ध पहिचान पक्षधरहरुले प्रदर्शन गरेका छन् । लिम्बूवान किरात संघर्ष समितिले प्रदेशसभा भवनभन्दा केही पूर्व देवकोटा चोकमा नारा जुलुससहित प्रदर्शन गरेका हुन् । उनीहरुले पहिचानवादी एक हौं, कोशी प्रदेश मान्दैनौं जस्ता नारा लगाएका थिए । त्यस क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । प्रदेशसभा आसपासमा भने निषेधाज्ञा पनि जारी गरिएको छ । नामाकरण टुंग्याउने क्रममा प्रदेशसभाको बैठक जारी छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार