इटहरीमा एक युवकमाथि खुकुरी प्रहार

बुधबार, १२ भदौ २०८१
इटहरी : इटहरीमा एक युवकमाथि खुकुरी प्रहार भएको छ । आज (बुधबार) दिउँसो करिब ४ः४० बजेतिर इटहरी ६ मा एक युवकमाथि खुकुरी प्रहार भएको हो । खुकुरी प्रहारबाट एक युवक घाइते भएका छन् । घाइते हुनेमा अन्दाजी २१ वर्षीय प्रवेश बुढाथोकी रहेका छन् । इटहरी १६ निवासी उनलाई उपचारका लागि स्थानीय अस्पतालमा लगिएको छ । उनको हात र टाउकोमा चोट लागेको छ । घटनामा संलग्नहरू फरार रहेकाले खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । ‘घटना भएपछि पूर्वतर्फ भागेको भन्ने प्रारम्भिक जानकारी आएपछि खोजी तीव्र पारेका छौँ,’ अनुसन्धानमा खटिएका एक प्रहरीले भने, ‘अहिले घटनामा संलग्नको हुलिया पत्ता लगाउन घटनास्थलको सिसी टिभी फुटेज पनि हेर्ने काम भइरहेको छ ।’ प्रहरीले अहिले घटनास्थलमा सिसी टिभी फुटेज हेरेर विभिन्न कोणबाट अनुसन्धान सुरू गरेको जनाएको छ । प्रहरीकाअनुसार घटनाको कारण भने पत्ता लागेको छैन । प्रत्यक्षदर्शीका अनुसार घटनामा चारजना युवक करिब २० वर्ष उमेर समूहका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार