प्रदेशको ‘कोशी’ नाममाथि संशोधन प्रस्ताव दर्ता, प्रदेशसभा बैठक सुरू

बुधबार, १७ फागुन २०७९
विराटनगर । प्रदेश १ को नाम ‘कोशी’ राख्ने प्रस्तावमाथि एउटा संशोधन प्रस्ताव दर्ता भएको छ । त्यसमा छलफल गर्नका लागि प्रदेशसभाको अर्को बैठक सुरू भएको छ । नेकपा एकीकृत समाजवादीका नेता तथा पूर्वमुख्यमन्त्री राजेन्द्र कुमनर राई र सोही पार्टीका प्रदेश सांसद कमलप्रसाद जबेगुले संयुक्त रूपमा संशोधन प्रस्ताव दर्ता गराएका हुन् । कोशी प्रदेशको प्रस्तावमाथिको छलफलमा १५ जना प्रदेश सांसदले भाग लिएका थिए । प्रदेश सांसदहरूले उठाएको प्रश्नको जवाफ उक्त प्रस्तावका प्रस्तावक एमालेका प्रदेश सांसद रामबहादुर मगरले जवाफ दिए । कोशी प्रदेशको पक्षमा एमाले, कांग्रेस, माओवादी केन्द्र र राप्रपा देखिएकाले उक्त प्रस्ताव पारित हुने देखिएको छ । उक्त प्रस्तावको विपक्षमा ४ जना प्रदेश सांसद भएको नेकपा एकीकृत समाजवादी र एकजना मात्रै प्रदेश सांसद भएको जनता समाजवादी पार्टी छन् । प्रदेशसभाको नामकरणका लागि प्रदेशसभामा कायम रहेका दुई तिहाइ सांसदको समर्थन हुनुपर्छ । त्यसअनुसार प्रदेश नामकरणका लागि ६२ जना सांसद आवश्यक हुन्छ । प्रदेशसभामा एमालेका ४०, कांग्रेसको २९, माओवादीको १३, राप्रपाको ६, नेकपा एकीकृत समाजवादीका ४ र जसपाको १ जना सांसद छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार