नामकरणको खुसियालीमा आज कोशी प्रदेशभर सार्वजनिक बिदा

विहीबार, १८ फागुन २०७९
विराटनगर । प्रदेश नामकरण गरेको अवसरमा आज बिहीबार कोशी प्रदेशमा बिहीबार सार्वजनिक बिदाको घोषणा गरिएको छ । प्रदेश सरकारको निर्णय अनुसार सार्वजनिक बिदा घोषणा गरिएको हो । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार प्रदेश मन्त्रिपरिषद्ले बिहीबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो । रदेशसभाले बुधबार प्रदेशको नाम दुई तिहाई बहुमतका साथ टुंगो लगाएको थियो । सात प्रदेशमध्ये ६ प्रदेशले आफ्नो नाम राखिसक्दा पनि प्रदेश १ ले राख्न नसकेको भन्दै आलोचना भइरहको थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार