समितिका सदस्यमा कमला दाहाल, झपटमान दाहाल, गोमा कार्की, चम्पामाया बिक र टिकाराम धमला छन् । २०३४ मा स्थापना भएको विद्यालयमा हाल ५ सय २५ जना बिद्यार्थीहरु अध्यननरत छन् ।
नवनिर्वाचित अध्यक्ष घिमिरेले विद्यालयको अवस्थामा धेरै सुधार ल्याउने गरी काम गर्ने बताए । उनले उक्त विद्यालयलाई जिल्लाकै नमुना बनाउने पनि बताए ।
नयाँ शैक्षिक शत्रदेखि प्राविधिक शिक्षा र कृषि शिक्षा अध्ययन गराउने व्यवस्था मिलाउने उनले प्रतिबद्धता जनाए ।
१ कक्षा देखि ५ कक्षासम्म पूर्ण रुपमा अंग्रेजी माध्यममा पढाउने व्यवस्था गर्ने र विद्यालयमा हाल भएको संरचनाहरुमा सुधार गरी नया संरचना निर्माण गर्ने पनि उनले उल्लेख गरे ।
प्रतिक्रिया