इटहरी । नेपाल भारत खुल्ला सिमानाका कारण सुनसरीमा बर्डफ्लु संक्रमण फैलन सक्ने जोखिम बढेको छ । नेपाल भारत खुल्ला सिमाना हुँदा वारिपारीका व्यापारीले खरिद गर्ने कुखुरा तथा मासुजन्य पशुपन्क्षीमा बर्डफ्लुको जोखिम बढेको हो ।
भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सुनसरीले आयोजना गरेको एक कार्यक्रममा कार्यालयका निमित्त प्रमुख कुमार सिहं खत्रीले जिल्लाको दक्षिणी क्षेत्रमा बढ्दो व्यापारका कारण भारतबाट बर्डफ्लु नेपाल प्रवेश गर्ने जोखिम रहेको बताए ।
उनले सिमाना छेउछाउ नेपाल र भारतका व्यापारी मिल्ने फर्म दर्ता नगरी कुखुरा पालन गरे जस्तो गर्ने तर भोलिपल्ट हेर्दा र्फम र कुखुरा नै नहुने जानकारी गराए । उनले सिमा क्षेत्रमा कडाइ नगरे वर्खायाममा पशुपन्क्षीमा रोग तथा महामारी हुने धारणा राखे ।
कार्यक्रममा कोशी प्रदेशका कृषि, उद्योग तथा सहकारी मन्त्री भक्ति सिटौला, प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, जिल्लाका १२ ओटै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत, कृषि तथा पशु शाखाका प्रमुख, विभिन्न र्फम सञ्चालक थिए । सहभागीहरुले विगतका वर्षहरुमा धेरै किसानले नोक्सान बेहोर्नु परेको भन्दै यो वर्ष रोकथाम गर्न माग गरे ।
प्रदेश मन्त्री भक्ति सिटौलाले रोग लाग्न नदिन प्रदेश सरकारले कृ गर्नु पर्छ सहयोग गर्न तयार रहेको बताए । उनले भण्डाबारीमा रहेको पशु क्वारेन्टाइन कार्यालयमा देखिएका समस्या के के हुन् र सरकारले गर्नु पर्ने सहयोगबारे सुझाब दिन समेत निर्देशन दिएका छन् ।
प्रतिक्रिया