मोरङ :१४ वर्षीय बालकको हत्या आरोपमा श्रीमान–श्रीमती पक्राउ

शुक्रबार, १९ फागुन २०७९
मोरङ । मोरङको सुनवर्षी नगरपालिका १ का १४ वर्षीय एक बालकको हत्या गरेको आरोपमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा स्थानीय ३५ वर्षीय बिरेन्द्र पास्वान र उनकी ३४ वर्षीया श्रीमती डल्ली पासवान रहेका छन् । सुनवर्षी १ का डिल्लीबहादुर माझीका १४ वर्षीय छोरा विशाल माझी फागुन ११ गते बेलुका घरबाट चोकतिर घुम्न निस्केका थिए । साँझसम्म घर नआएपछि खोजतलासको क्रममा स्थानीय पोखरीको डिलमा हत्या गरी गाडेको अवस्थामा फेला पारिएको थियो । फागुन १७ गते इलाका प्रहरी कार्यालय रङ्गेलीमा जानकारी भएपश्चात प्रहरीले सउक्त स्थानमा उत्खनन गर्दा बालकको शब फेला परेको थियो । बालकको हत्या गरी गाडेको अवस्थामा शव फेला परेसंगै घटनाको अनुसन्धानको क्रममा घटनामा संग्लग्न रहेका वीरेन्द्र पासवान र डल्ली पासवानलाई प्रहरीले पक्राउ गरेको हो । बालकको हत्याको आरोपमा पक्राउ परेका उनीहरूको इलाका प्रहरी कार्यालय रंगेलीबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार