निजी क्षेत्रको समस्या समाधान गरेर अर्थतन्त्रको दबाबबाट बाहिर निस्कनुपर्छ : अर्थमन्त्री पौडेल

आइतबार, २३ भदौ २०८१
काठमाडौं : उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग कार्पेट व्यवसायीहरूले भेटवार्ता गरेका छन् । आइतबार अर्थ मन्त्रालयको सुवर्ण हलमा अर्थमन्त्रीसँग कार्पेट व्यवसायीहरूले भेटवार्ता गरेका हुन् । सो अवसरमा अर्थमन्त्री पौडेलले सरकार अर्थतन्त्रबाट दबाब र शिथिलताको अवस्थामा रहेको भन्दै शिथिलताको अवस्थाबाट बाहिर निकाल्न निजी क्षेत्रको समस्या समाधान गर्नुपर्ने बताए । उनले कार्पेट व्यवसायीहरूको अभिव्यक्ति र भोग्नुपरेको समस्याप्रति सरकार गम्भीर रहेको भन्दै यस विषयमा सरकारले छलफल गर्नेे विश्वास दिलाए । उनले भने, ‘अहिले सरकार अर्थतन्त्रबाट जुन प्रकारको दबाबमा छ । जुन प्रकारको शिथिलताको अवस्था छ । यो शिथिलताको अवस्थाबाट बाहिर निकाल्नुपर्छ । यसका निम्ति निजी क्षेत्रको समस्या सुन्नुपर्छ समाधान गर्नुपर्छ अनिमात्रै मनोबल बढ्छ भन्ने कुरा सोचिरहेको छौं । म आग्रह गर्छु तपाईँहरूले दिनुभएको अभिव्यक्ति तपाईंहरुले भोग्नुपरेको समस्याप्रति सरकार गम्भीर छ । यसलाई हामी छलफलको विषय बनाउने छौं । ’ उनले समस्या समाधानभन्दा अगाडि समस्या के हो भनेर बुझ्न जरूरी रहेको बताएका छन् । मन्त्री पौडेलले समस्या के हो बुझ्नका लागि सम्बन्धित क्षेत्रका सदस्यहरूसँग समन्वय हुनुपर्नेमा जोड दिए । उनले भने, ‘समस्या समाधान भन्दा अगाडि समस्या के हो भनेर बुझ्नुपर्छ, समस्या के हो बुझ्नका लागि सम्बन्धित क्षेत्रका सदस्यहरूसँग समन्वय हुनुपर्छ ।’

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार