आआफ्नो कर्म क्षेत्रमा लामो समयको निरन्तरता, उपस्थिति र उल्लेखनीय उपलब्धिसँगै सो क्षेत्रको श्रीवृद्धिमा अतुलनीय योगदान दिएका विभिन्न नेपाली व्यावसायिक व्यक्तित्वबाहेक एसियन प्रोफेसनल अचिभेन्ट अवार्ड २०२४ ले विभिन्न मुलुकका व्यावसायिक सफलता हात पारेका व्यक्तिलाई पनि विभिन्न अवार्डबाट सम्मानीत गरेको थियो ।
जसअन्तर्गत पाकिस्तानका वाहेब सलिम चुङताईलाई फोटोजर्नलिजम अचिभमेन्ट अवार्ड, चीनका झाङ जिनसियाङलाई एग्रिकल्चरल इनोभेसन एण्ड ट्रेड लिडरसीप अवार्ड दिइयो ।
भियतनामकी युई सिबाओलाई ग्लोबल ह्युम्यानिटेरियन एण्ड क्युलिनरी इनोभेटर अवार्ड, थाइल्याण्डकी वाडसना राईलाई एक्जेप्लेरी लिडरशीप अवार्ड, चीनका सु छुईलाई भिजनरी फोटोग्राफर एण्ड कल्चरल एड्भोकेशी अवार्ड प्रदान गरियो ।
बङ्गलादेशका मोनिरुल इस्लाम शाबुजलाई एक्सिलेन्स इन् फोटोजर्नलिजम अवार्ड, पाकिस्तानका मोहशीन मशुद दारलाई एक्सिलेन्स इन् हस्पिटालिटी लिडरशीप अवार्ड, मलेसियाकी डा जयामालिनी इएगानाथनलाई ग्लोबल एक्सिलेन्स इन् एजुकेशन एण्ड सस्टेनेबिलिटी अवार्ड तथा भारतका सिद्धार्थ चावलालाई पायनियर इन् ग्लोबल एक्सपान्सन एण्ड अपरेसनल एक्सिलेन्स अवार्ड प्रदान गरिएको थियो । कार्यक्रममा विभिन्न क्षेत्रका ख्याति प्राप्त व्यक्तित्वहरूको उपस्थिति थियो ।
प्रतिक्रिया