खोरेँतमुक्त बनाउने नगर बनाउने इलामको लक्ष्य

आइतबार, ०६ असोज २०८१
इलाम : इलाम नगरपालिकामा पालिएका पशुलाई खोरेँत रोगबाट मुक्त गराइने भएको छ । यसका लागि कार्यक्रम सञ्चालन गरिने भएको हो । सङ्घीय र कोसी प्रदेश सरकारको सहयोगमा नगरले आउँदो तीन वर्षमा पशुलाई खोरेँतमुक्त बनाउन लागेको नगरपालिकाका प्रवक्ता नुतनदेव दुलालले बताए । प्रदेश र सङ्घीय सरकारले इलाम नगरलाई खोरेँतमुक्त बनाउने निर्णय गरेको बताइएको छ । प्रदेशको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयको आयोजना र नगरपालिकाको सहयोगमा आयोजित कार्यक्रममा खोरेँतबाट गाई, गोरु, भैँसी, राँगा, सुँगुर, खसी, बाख्रा, भेडालाई मुक्त बनाइने भएको हो । पशु खोरेँतमुक्त भएपछि यहाँ उत्पादित दूध, घिउ, छुर्पी, कुराउनी लगायतका वस्तु बाहिरी देशमा हालको भन्दा महँगो मूल्यमा बिक्री हुने छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार