बुटवलबाट काठमाडौं हिडेको विङ्गर पहिरोमा पुरिदा १४ जनाको ज्यान गयो

शनिबार, १२ असोज २०८१
बुटवल । बुटवलबाट काठमाडौँ जाँदै गरेको विङ्गर गाडी पहिरो सँगै पुरिँदा बुटवलका १४ जनाको ज्यान गएको छ। ज्यान जानेमा जिप चालक रमेश लुइँटेल समेत छन्। पृथ्वी राजमार्गको नागढुंगा (नौबिसे सडक खण्डमा आएको पहिरोमा परेर अहिलेसम्म १४ जनाले ज्यान गुमाएका छन्। ती मध्ये १३ जनाले बुटवलबाट टिकट लिएको र १ जना नारायणगढबाट चढेका यात्रु हुन सक्ने बताइएको छ। पश्चिम नेपाल बस व्यवसायी प्रालिका अनुसार शुक्रबार बिहान काठमाडौँ जानका लागि बुटवलको ट्राफिक चोकमा रहेको काउन्टरबाट १० जना र राजमार्ग चौराहाबाट टिकट लिएर ३ जना चढेका थिए। यात्रुहरूले नाम नलेखाई समूहमा चढेका कारण टिकट काउन्टरबाट चलानी सिटमा ४ जनाको मात्रै नाम उल्लेख गरिएको छ। ती मध्ये, बोम कार्की र प्रकाश कुंवर मात्रै उल्लेख गरिएको छ भने एक जनाको मोबाइल नम्बर मात्रै उल्लेख छ। पश्चिम नेपाल बस व्यवसायी प्रालिका टिकट शाखा कर्मचारी लक्ष्मण पोखरेलका अनुसार बुटवल कालिकानिरका ३ जना, देवीनगरका ३ जना र सुख्खा नगरका ३ जना यात्रुहरू रहेका थिए। उनीहरूको अझै सनाखत हुन सकेको छैन ।
सशस्त्र प्रहरीका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार निकालिएका शवहरू सबै पहिरोमा परेका तीनवटा बसबाट निकालिएको हो। बसबाट आठ पुरुष, पाँच महिला र एक बच्चाको शव निकालिएको उनले जानकारी दिए।  सशस्त्र प्रहरी बल नेपाल नं १८ निलबाराही गणबाट डिएसपीको कमान्डरमा ३५ जना टोली उद्धार र खोजीमा खटिएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार