वायुसेवा सञ्चालक सङ्घले आन्तरिकतर्फको हवाई टिकट न्यूनतम हवाई भाडादरमै बेच्ने निर्णय गरे पनि त्यो निर्णयमै सीमित भएको छ र उनीहरूले सरकार र यात्रुलाई झुक्काएको पाइएको छ । दसैँको अवसरमा धेरै जस्तो टिकट अग्रिम बुकिङ गरिसकेर सङ्घले सस्तो टिकट उपलब्ध गराउने निर्णय गरेको देखिन्छ ।
अहिले हवाई कम्पनीहरूले न त सस्तो दररेटमा टिकट नै बेचेको छ न त टिकट उपलब्ध नै रहेको छ । सडक सञ्जालबाट आफ्नो गन्तव्यमा जान नसकेको अवस्थामा हवाई टिकट पनि उपलब्ध नभएपछि यात्रु मर्कामा परेका छन् ।
अर्को तर्फ संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले हवाई भाडा कम गरेको दाबी गर्दै सस्तो प्रचार गरिरहेको भए पनि उनको पहलले यात्रुलाई कुनै फाइदा पुग्न सकेको छैन । मन्त्री पाण्डे अहिले अनलाइनमा टिकट नै उपलब्ध नभएको र उपलब्ध भएका टिकट पनि सामान्य समयको भन्दा करिब दोब्बर भाडा रहेकोप्रति बेखबर रहेको देखिन्छ ।
प्रतिक्रिया