काठमाडौं : विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले पछिल्लो साता परेको पानी र त्यसले पु¥याएको क्षतिबारे समीक्षा गर्दै संकटग्रस्तका रुपमा १४ वटा जिल्ला घोषणा गरेको छ ।
शुक्रबार सिंहदबारस्थित जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यालयमा गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा बसेको बैठकले काठमाडौं उपत्यकासहितका केही जिल्लालाई संकटग्रस्त घोषणा गरेको सहसचिव वसन्त अधिकारीले जानकारी दिए ।
उनले भने,‘ताप्लेजुङ, काभ्रे, पाँचथर, काठमाडौं, ललितपुर, सङखुवासभा, भक्तपुर सोलुखुम्बु, दोलखा, सिन्धुली, रामेछाप, मकवानपुर सिन्धुपाल्चोक र धादिङ जिल्ला बढी प्रभावित भएको देखियो । यी जिल्लाहरूमा संकटग्रस्त जिल्ला घोषणा गरिने छ ।’
स्थानीय तहलाई तोक्ने कुरामा छलफल जारी रहेको भन्दै छलफल गरेर सङ्ख्या तोक्ने उनले बताए ।
प्रतिक्रिया