सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

सोमबार, २१ असोज २०८१
काठमाडौं :  आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । सोमबार सुन तोलामा ५०० रुपैयाँले घटेर तोलाको एक लाख ६० हजार ५ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि आइतबार सुनको मूल्य प्रतितोला १ लाख ६१ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य ५ रुपैयाँले घटेको छ । आज चाँदीको मूल्य प्रतितोला १९८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार