सुनसरीको हरिनगरबाट नक्कली नोटसहित एक महिला पक्राउ

बुधबार, २३ असोज २०८१
सुनसरी : सुनसरीको हरिनगर गाउँपालिका ७ स्थितबाट नक्कली नोटसहित एकजना महिलालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय देवानगञ्जबाट खटिएको प्रहरी टोलीले स्थानीय ३१ वर्षीया हजरुल खातुनलाई पक्राउ गरेको हो । उनको घर खानतलासी गर्दा ओछ्यान मुनी लुकाईछिपाई राखेको अवस्थामा नेपाली रुपैयाँको नक्कली नोट एक हजार दरको ५० थान र निषेधित औषधी नाईट्रोसन १०० चक्कीसमेत बरामद गरेको हो । नक्कली नोट र निषेधित औषधीसहित पक्राउ परेकी खातुनको जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार