धान कुटाउन गएकी किशोरीको घाँटी थिचेर हत्या, ५८ वर्षीय भण्डारी पक्राउ

आइतबार, २७ असोज २०८१
डडेल्धुरा : धान कुटाउन मिल गएकी एक १४ बर्षिया किशोरीको हत्या अभियोगमा ५८ वर्षीय टेकबहादुर भण्डारी पक्राउ परेका छन्। शनिबार डडेल्धुराको पोखरा बजारमा मृत फेला परेकी १४ वर्षीया आरती भट्टराईको हत्या आरोपमा स्टेशनरी व्यापारी भण्डारी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जानकारी दिएको छ। डडेल्धुरा प्रहरीका प्रमुख सुगन्ध श्रेष्ठका अनुसार भण्डारीले भट्टराईको हत्या गरेको स्वीकार गरेको बताएका छन । घटनास्थल नजिकै भण्डारीको पोखरा बजारमा भण्डारी पुस्तक एण्ड स्टेस्नरी पसल छ। पसलभित्र आवेगमा आएर भट्टराईको घाँटी थिची हत्या गरेको भण्डारीले स्वीकार गरेका छन्, श्रेष्ठले भने। स्थानीय बासिन्दाले बलात्कारपछि हत्या भएको जिकिर गर्दै आएका छन्।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार