झापामा दुई स्थानमा आगलागी हुँदा १६ लाख बराबरको क्षति

बुधबार, १७ मंसिर २०८२
तस्बिर : फाइल

झापा :  झापाका दुई छुट्टाछुट्टै स्थानमा भएका आगलागीका घटनामा १६ लाख बढीको क्षति भएको छ भने जलेर दुईवटा चौपाया मरेका छन् । 

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काका अनुसार कनकाई नगरपालिका–४ त्रिवेणी टोलमा आगलागी हुँदा खेमनाथ खनालको ग्वाली जलेर नष्ट भएको हो । 

 टिनको छानो र टाटी बेराले बनेको ग्वालीमा दियोबाट आगो सल्किएर ठूलो क्षति भएको प्रहरीले जनाएको छ। आगलागीले ग्वालीभित्र राखिएको मकै, धान, तोरी, पानी तान्ने मोटर, भाँडाकुँडा र पराल जलेर नष्ट भएको छ । 

आगलागीका कारण ग्वालीभित्र रहेको एक माउ गाई गम्भीर घाइते भएको छ भने गाईको एउटा बाछो जलेर भरेको छ ।  आगलागीबाट करिब ८ लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ ।

त्यस्तै  दमक नगरपालिका–१० सगरमाथा टोलमा अर्को आगलागीको घटना भएको हो । केशव भण्डारीले खेतबारीमा धानको लारमा आगो लगाउँदा आगो फैलिँदै परालको कुनिउँ र नजिकैको दुईवटा गाईगोठमा सल्किएको थियो । 

प्रहरीका अनुसार आगलागीबाट गोठभित्र रहेको एक गर्भवती गाई जलेर मरेको छ भने अर्को एउटा गाई घाइते भएको ५ । आगलागीका कारण  करिब ८ लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार