काठमाडाैं । प्रतिनिधिसभा विघटनविरूद्ध नेकपा एमालेले दायर गरेको रिटमा आज सुनुवाइ हुने भएको छ । बुधबार संवैधानिक इजलासमा उक्त रिटको सुनुवाइ हुने भएको हो।
विघटित सभाका एमालेका प्रमुख सचेतक महेश बर्तौला र सचेतक सुनिता बरालले रिट दायर गरेका थिए । उनीहरूले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री सुशीला कार्की, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, निर्वाचन आयोग, संसद सचिवालयलाई विपक्षी बनाएर रिट दायर गरेका छन्।
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल, न्यायाधीशहरू कुमार रेग्मी, हरिप्रसाद फुयाँल र मनोजकुमार शर्माको इजलासमा उक्त सुनुवाइ हुन लागेको हो।
प्रतिक्रिया