काठमाडौं । श्री एयरलाइन्सका सबै जहाज ग्राउन्डेड भएका छन् । बिहीवार काठमाडौंबाट भैरहवा जाँदै गर्दा इन्जिनमा आगो देखिएको घटनापछि नेपाल नागरिक उड्डयन प्राधिकरणले आजबाट श्री एयरका सबै जहाज ग्राउन्डेड गराएको हो ।
घटनाको छानबिन गरिरहेको प्राधिकरणले छानविन नसकिएसम्म जहाज ग्राण्न्डेड रहने जनाएको छ । आज श्री एयरलाइन्सका कुनै पनि उडान भएका छैनन् ।
बिहीबार बिहान काठमाडौंबाट भैरहवा गइरहेको जहाजको एउटा इन्जिन फेल भएको र आगो समेत देखिएपछि काठमाडौंमै आकस्मिक अवतरण गराइएको थियो । इन्जिनमा समस्या देखिएका कारण प्राधिकरणले श्रीका सबै जहाजको अध्ययन थालेको छ ।
प्रतिक्रिया