सूर्यदर्शनमा योजनाबद्ध ठगी

सोमबार, ०५ कार्तिक २०८१
लेखनाथ : पोखराको नालामुखमा रहेको सूर्यदर्शन बचत तथा ऋण सहकारीको कार्यालयमा अहिले ताला लागेको छ । २०६३ मा खुलेको यो सहकारीका गतिविधि र छानबिन प्रतिवेदनहरूले स्थापनादेखि नै यसका सञ्चालकहरूले योजनाबद्ध ढङ्गले ठगी गरेको पुष्टि गर्छन् । सूर्यदर्शनमा सर्वसाधारणको बचत र सेयर गरी एक अर्ब ३५ करोड ५३ लाख ५४ हजार ८९९ रुपियाँ ठगी भएको प्रहरी प्रतिवेदन छ । ज्ञानबहादुर बम्जनको सक्रियतामा खुलेको सूर्यदर्शनले सुरुमा स्थानीयवासीलाई नै सञ्चालक समितिमा राखेको थियो । गोरखा भूपूहरूलाई समितिमा राखेर रकम सङ्कलन गरेपछि योजनाबद्ध रूपमा उनीहरूलाई समितिबाट हटाइयो । अहिले पुर्पक्षका लागि बागलुङ जिल्ला कारागारमा रहेका देवबहादुर नेपालीसमेत दोस्रो कार्यकालमा सूर्यदर्शनको उपाध्यक्ष रहेका थिए । नेपालीले सूर्यदर्शनको नेतृत्व नपाएपछि आफ्नै अग्रसरतामा पोखरा र बागलुङमा इमेज बचत तथा ऋण सहकारी स्थापना गरेका थिए । चार वर्षपछि ओखलढुङ्गाका गीतेन्द्रबाबु (जीवी) राईको सूर्यदर्शनमा प्रवेश भयो । पछि सहकारीमा रामेछापका कैलाशकुमार दर्लामी र पूर्व उपराष्ट्रपतिका छोरा दीपेशकुमार पुन जोडिएको देखिन्छ । पोखरा महानगर मात्र कार्यक्षेत्र भएको सहकारी खोली कास्कीबाहिरका पदाधिकारी राखिनु ठगीकै अर्को कडी हो । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्मा सूर्यदर्शनमा ठगीका अनेक रूप रहेको र विभिन्न कोणबाट अनुसन्धान भएको बताउँछन् । यो सहकारी ठगी प्रकरणका अनुसन्धान अधिकारीसमेत रहनुले शर्माले पूरक जाहेरीसमेत चाँडै पेस गर्ने तयारी गरेको उल्लेख गरेका छन् । आफ्नो जिम्मामा आएपछि जिबीले रकम जम्मा गर्न र दुरुपयोग गर्न अनेक तरिका प्रयोग गरेको देखिन्छ । ओखलढुङ्गाको सुनकोसी गाउँपालिका–१ को साँदी गाउँको सामान्य किसान परिवारका जिबीको पछिल्लो समय पोखरादेखि काठमाडौँसमेत हेलिकोप्टरमा आउजाउ हुन्थ्यो । आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार