धरानका कार्यवाहक मेयरले टेरेनन् अदालतको आदेश

सोमबार, ०५ कार्तिक २०८१
इटहरी : धरान उपमहानगरपालिकामा कार्यवाहक मेयर तोकिएका लोकेन्द्रकुमार फागोले अदालतको आदेश टेरेनन् । उपमेयर हुँदाहुँदै मेयर हर्क साम्पाङले धरान ११ का वडाध्यक्ष फागोलाई कार्यवाहकको जिम्मेवारी दिएका थिए । कार्यवाहकको जिम्मेवारी दिएपनि उच्च अदालत विराटनगरले आइतबार उनलाई जिम्मेवारी कार्यान्वयन नगर्न अल्पकालीन आदेश दिएको थियो । उपमेयर आइन्द्र विक्रम बेघाले उच्च अदालत विराटनगरमा दायर गरेको रिटमा सुनुवाइ गर्दै उच्च अदालत विराटनगर अल्पकालीन अन्तरिम आदेश दिएपनि फागोले सोमबार (आज) पनि कार्यवाहककै हकमा काम कारबाही गरेका छन् । उनले मेयर साम्पाङको कार्यकक्षमा छुट्टै टेबल कुर्सी राखेर काम गरिरहेका हुन् । यता, वडाध्यक्ष फागोले भने प्रमुखविहीन हुन नहुने भन्दै कार्यवाहकको काम गरेको बताए । यद्यपि, अदालतबाट पत्र आफूलाई प्राप्त भएपछि मात्रै काम नगर्ने बताए । उनले भने, ‘प्रमुख विहीन हुँदा जनताले दुःख पाउँछन् भनेर कार्यवाहक रहेको हुँ ।’ वडाध्यक्षलाई कार्यवाहक तोकेसँगै कार्तिक ४ गते उपमेयर बेघाले अदालतमा रिट दर्ता गरेका थिए । उच्च अदालतले वडाध्यक्षलाई कार्यवाहकको जिम्मेवारी दिनुको कारण पनि माग गरेको छ । अब मुद्दाको अर्को सुनुवाई कात्तिक ६ गते हुनेछ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार