झापा दुर्घटना अपडेट : आक्रोशित भीडले प्रहरी बिटमा आगजनी गर्नुका साथै निरन्तर ढुंगामुढा

बुधबार, ०७ कार्तिक २०८१
झापा : झापाको केरखामा दुर्घटना हुँदा दुईजनाको मृत्यु भएपछि आक्रोशित भीडले प्रहरी बिटमा आगजनी गरेका छन् । आक्रोशित भीडले प्रहरी बिटमा आगजनी गर्नुका साथै केरखा प्रहरी चौकीमा निरन्तर ढुंगामुढा गरिरहेका छन्। करिब एक हजार बढीको सङ्ख्यामा रहेका स्थानीयले रतुवामाई वृक्षारोपण आयोजना अगाडि रहेको प्रहरी बिटमा आगजनी गरेका हुन् । सडकमा टायर बालेर उनीहरूले पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेर विरोध प्रदर्शन गरिरहेका छन्। भीडले चौकीमाथि आक्रमण गर्न प्रयास गरिरहेको छ। स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीले अश्रु ग्याससमेत प्रहार गरेका छन्। पूर्व–पश्चिम राजमार्ग अन्तरगत कमल गाउँपालिकाको केरखा सडकखण्डमा भएको दुर्घटनामा परी कमल गाउँपालिका ३ निवासी ६० वर्षीय टेकबहादुर लिम्बू र उनकी १० वर्षीया नातिनीको बुभबार (आज_ साँझ मृत्यु भएपछि स्थानीयबासी आक्रोशित बनेका थिए । प्र–१–०१–००१ ख ४३३१ नम्बरको बसले पश्चिम दिशातर्फ जाँदै गरेको इलेक्ट्रिक साइकललाई ठक्कर दिएको थियो । साइकलमा सवार रहेका उनीहरूको मृत्यु भएपछि अहिले पूर्व पश्चिम राजमार्ग तनावग्रस्त बनेको हो । बस र बस चालक जिल्ला झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर १ बस्ने ३२ वर्षीय विशाल ठटाल प्रहरी चौकी केरखाको नियन्त्रणमा रहेका छन् । तीव्र गतिका कारण बस दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । यो पनि – झापामा बसको ठक्करबाट हजुरबुबा नातिनीको घटनास्थलमै मृत्यु

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार