पाँचथर : प्रतिस्पर्धी फिदिम नगरपालिकालाई पराजित गर्दै तुम्बेवा गाउँपालिका सातौं तरुण गोल्डकपको उपाधि जित्न सफल भएको छ ।
फिदिम मावि पाँचथरको खेल मैदानमा मंगलबार साँझ सम्पन्न फाइनल खेलमा तुम्बेवाले फिदिमलाई १–० गोल अन्तरले पराजित गरेको हो ।
फिदिमलाई हराएको तुम्बेवाले नगद एक लाख एक सय ७२ रुपैयाँ नगद र ट्रफी हात पारेको छ भने उपविजेता फिदिमले नगद ५१ हजार एक सय ७२ रुपैयाँ नगद र ट्रफीमा चित्त बुझायो ।
फाइनल खेलमा तुम्बेवाका सन्तोष लिम्बूले गोल गर्दै तुम्बेवालाई उपाधी जिताउन सफल भएका छन् । लिम्बू खेल अवधिभरी हाई स्कोररका रूपमा पुरस्कृत भए ।
यस्तै, फिदिमका सुरेश गुरुङ वेष्ट किपर, फिदिमकै सुवराज क्षेत्री वेष्ट डिफेन्स, तुम्वेवाका सोम लिम्बू उत्कृष्ट मिड फिल्डर, फिदिमका शुक्रराज राई वेष्ट फरवार्ड, फिदिमकै आयुष राई राइजिङ प्लेयर र तुम्बेवाका सनमान लिम्बू वेष्ट प्लेयर घोषित हुँदै जनही नगद दुई हजार पाँच सय रुपैयाँ पुरस्कार प्राप्त गरे ।
प्रतियोगिताका विजेता र उपविजेता टिम तथा खेलाडीलाई संविधान सभा सदस्य भीष्मराज आङ्देम्बे, कांग्रेस जिल्ला सभापति रुपनारायण जवेगू, फिदिम नगरपालिकाका मेयर मित्रप्रसाद काफ्ले र निर्वतमान सभापति नरेन्द्रकुमार केरुङ सहितले पुरस्कार प्रदान गरे ।
फिदिम माध्यामिक विद्यालयको खेल मैदानमा कात्तिक १० गते सुरू भएको प्रतियोगितामा ८ वटा टिम सहभागी थिए ।
प्रतिक्रिया