इलाम : इलामको सूर्योदय नगरपालिका वडा नं. ७ ले प्राथमिक तहमा अध्यायनरत विपन्न विद्यार्थीहरूलाई पोसाक र शैक्षिक सामग्री वितरण गरेको छ ।
वडाको वार्षिक स्वीकृत लक्षित कार्यक्रम अन्तरगत कृष्णाश्रम माध्यमिक विद्यालय, पद्म आधारभूत विद्यालय, भाग्योदय आधारभूत विद्यालय र नवज्योति आधारभूत विद्यालयका ६६ जना विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण गरेको वडाध्यक्ष लोकबहादुर राईले जानकारी दिए ।
राईले भने ‘शिक्षाको उज्यालो ज्योतीबाट कसैले विमुख हुन नपरोस् भनेर कमजोर आर्थिक अवस्था भएका बालबालिकालाई सहयोगको कार्यक्रम अघि सारेका हौँ ।’ उनले शिक्षक, अभिभावकसँग सल्लाह गरेर थप प्रभावकारी कार्यक्रम ल्याइने दाबी गरे ।
अभिभावक होमबहादुर खड्काले जनप्रतिनिधिहरू विद्यालयमै पुगेर विद्यार्थीलाई प्रोत्साहन गर्ने कार्यक्रम प्रशंसायोग्य रहेको बताए ।
विद्यालयले छनौट गरेका विद्यार्थीलाई एक लाख बराबरको पोसाक, झोला, कापी लगायतका सामग्री वितरण गरेको वडा सचिव कमलकान्त पोख्रेलले बताए ।
प्रतिक्रिया