इटहरी : विविध कार्यक्रम गर्दै तरहरा जेसीजले सप्ताह कार्यक्रम समापन गरेको छ । मंगलबार इटहरी २० तरहरास्थित सगरमाथा खेल मैदानमा खुल्ला लोक नृत्य प्रतियोगिता गर्दै सप्ताह कार्यक्रम समापन भएको हो ।
जेसीजका उपाध्यक्ष गोविन्द घिमिरेको संयोजकत्वमा सम्पन्न उक्त नृत्य प्रतियोगितामा इटहरीका विभिन्न विद्यालय तथा क्लबबाट १४ वटा टिम सहभागी थिए । जसमा प्रथम, द्धितीय, तृतीय र शान्तवना क्रमशः कोसी सेन्ट जेम्स कलेज, प्रिमियर कलेज, एप्पल ट्रि मन्टेश्वरी र युथ क्लब आँपगाछी भए ।
विजयीहरूलाई नगदसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगिताको निर्णायकमा लोक नृत्य अनुसन्धानकर्ता रमानन्द चौधरी र नृत्य निर्देशक प्रनिशा उदास रहेका थिए ।
कार्यक्रममा इटहरी उपमहानगरकी उपमेयर सङ्गीता चौधरी प्रमुख अतिथि थिइन् । गत कात्तिक ६ गते स्लो बाइक रेस प्रतियोगिता गर्दै सप्ताहको उद्घाटन भएको थियो ।
सुजित कर्णको संयोजकत्वमा भएको कार्यक्रममा विभिन्न स्थानका प्रतियोगीहरू सहभागी थिए ।
यसैगरी ७ गते जनसहयोग कलेजमा सुरज क्षेत्रीको संयोजकत्वमा विद्यालयस्तरीय वक्तित्वकला प्रतियोगिता सम्पन्न भयो । ९ गते सगरमाथा खेल मैदानमा अस्मिता चौधरीको संयोजकत्वमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको थियो ।
यसैगरी १० गते एञ्जल श्रेष्ठको संयोजकत्वमा एरिया ए फुटसल प्रतियोगिता सम्पन्न भएको थियो । ११ गते सुमन रेग्मीको संयोजकत्वमा चेस प्रतियोगिता सम्पन्न भएको थियो भने लोक नृत्यपछि हाउजी खेल भयो । उक्त खेललाई सरोज खड्काले संयोजन गरेका थिए ।
कार्यकारिणी उपाध्यक्ष मदन बस्नेतको मूल संयोजकत्वमा सम्पन्न सबै कार्यक्रम तरहरा जेसीजककी अध्यक्ष रीता भुसालको सभाध्यक्षमा सम्पन्न भएको महासचिव उत्तम गिरीले जानकारी दिए ।
प्रतिक्रिया