काठमाडौं । सरकारले रासायनिक मलमा दिँदै आएको अनुदान घटाएको छ ।
सरकाले युरिया मलमा दिँदै आएको ८० प्रतिशत अनुदानलाई ६४ प्रतिशतमा झारेको छ । यसअघि १४ रुपैयाँमा खरिद गर्दै आएको युरियाको मूल्य अब २५ रुपैयाँ पुग्ने भएको छ ।
त्यस्तै ४३ रुपैयाँमा पाइने डिएपी मलको मूल्य ५० रुपैयाँ पुगेको छ भने पोटासको मूल्य ३१ रुपैयाँबाट बढेर ४० रुपैयाँ पुगेको छ ।
नेपालाई ५ लाख २० हजार मेट्रिक टन रासायनिक मल आवश्यक भए पनि हालसम्म निकास भएको ३१ अर्ब रुपैयाँले ३ लाख ३१ हजार ५ सय मेट्रिक टन रासायनिक मल मात्रै आउन सकेको भन्दै अनुदान घटाएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।
रासायनिक मलको लागि यस वर्ष ३८ अर्ब ५० करोड ६ लाख रुपैयाँ खर्च हुने मन्त्रालयको भनाई छ ।
प्रतिक्रिया