बसाइँ आउनेलाई सम्मानसहित प्रोत्साहन

सोमबार, २९ फागुन २०७९
टीका खतिवडा इलाम । पछिल्लो समय जनसंख्या बृद्धिदर ओरालो लागेको छ । भएको जनसंख्या समेत सुविधाभोगी भएर तराई बसाई सराइ गरेर जान थालेको छ । पहाडी क्षेत्रमा बसोबास गर्ने मानिसहरुको संख्या दिनानुदिन कमी हुँदै गएको छ । बसाई सराई रोक्न बिभिन्न पालिकाहरुले बिभिन्न तरिका अपनाउन समेत थालेका छन् । पहाडमा भएको जनसंख्या पहाडमा नै थाम्न सके पनि पहाड रित्तो हुनबाट जोगिने भन्दै पहाडमा नै बसाईसरेर आउनेहरुलाई प्रोहोत्साहनको कार्यक्रम सुरु गरिएको छ । यसै क्रममा इलाम नगरपालिका ४ ले वडा भित्र बसाई सरेर आउनेहरुलाई सम्मान गरेको छ । पहाडबाट तराई बसाई सर्ने क्रम नरोकिएपछि पहाडमा पनि बसाई सराई रोक्न नौलो कार्यक्रम स्वरुप सम्मान पत्र सहित सममान गरिएको वडा नम्वर चारका वडाध्यक्ष नुतनदेवप दुलालले बताए । उनले बसाई सरेर आउने परिवारलाई फुलमाला सहित सम्मान समेत गरेका छन् । वडामा आउन प्रोत्साहन स्वरुप वडा कार्यालयले नै स्वास्थ्य बिमा समेत निशुल्क गरिदिएको छ । वडा कार्यालयमा सोमबार भएको एक कार्यक्रममा वडामा आएका ११ परिवारलाई सम्मान पत्र र ढाकाटोपी ओडाएर सम्मान गरिएको हो । इलाम नगरपालिकाका पमुख केदार थापा तथा वडाध्यक्ष नुतनदेव दुलालले उनहरुलाई फुलमाला सहित सम्मान गरेका थिए । पहाडबाट तराईका क्षेत्रमा बसाई सर्न क्रम वढेकै अवस्थामा यस वडामा भित्रिने परिवारलाई वडाले सम्मान गरेको वडाध्यक्ष दुलालले बताए । उनहरुको आम्दानीका लागि कृषिजन्य औजार, कृषि विउविजन आवश्यक वस्तु समेत वितरण गरिँदै आइएको वडाध्यक्ष दुलालले बताए । यस्तो सम्मानको कार्यक्रम इलाममा पहिलो पटक भएको उनको भनाई छ । साथै नयाँ परिवारको निशुल्क स्वास्थ्य बीमा समेत गरिएको छ । वडाकै रकमबाट बसाई सरेर आउने परिवारको निशुल्क स्वास्थ्य बीमा गरिएको बताइएको छ । यो वडा कृषिजन्य काम र पशुपालनमा घाँस उत्पादनका हिसावले अगाडी रहेको छ । यहाँ गाई पालन नै गरेर आफु बसेको बसाई आउनु भएका प्रेम कट्वालले बताए । वडामा इलाम जिल्लाकै बिभिन्न ठाउँबाट बसाइ सरेर यहाँ आएका छन् । घट्दो जनसंख्या बृद्धिदर तथा बसाई सराईले पहाड रित्तिने क्रम बढेपछि यहि बस्न उत्साह थप्न समेत यस्तो कार्य गरिएको बताइएको छ । किसानको आर्थिक स्तर माथी उकास्न नगरपालिकाले पहल गरिरहेको इलाम नगरपालिकाका मेयर केदार थापाले बताए । उनले पहिला देखी नै कृषि र पशुपालनमा इलाम ४ नम्वर वडा अब्बल रहेकाले पनि अझै पनि यस्ता कार्यमा अगाडी बढ्न वडाबासीलाई आग्रह गरे । सोही अवसरमा किसानलाई टनेल, कुटे, पाइप तथा १२ प्रकारका कृषि विउजिवन समेत वितरण गरिएको थियो ।  

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार