काठमाडौं : सरकारको नेतृत्व गरिरहेको नेकपा एमाले आगामी १६ मंंसिरमा गते हुने स्थानीय तह उपनिर्वाचनका लागि देशैभर उम्मेदवार टुंग्याएको छ ।
देशका विभिन्न रिक्त रहेका पदमा हुने निर्वाचनका लागि एमालेले उम्मेदवार टुंगो लगाएको हो । एमालेको सचिवालय बैठकपछि शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै उपमहासचिव प्रदीप ज्ञवालीले गठबन्धन गर्ने विषयमा कुनै छलफल नभएकोसमेत बताए।
उपमहासचिव ज्ञवालीका अनुसार कीर्तिपुरको प्रमुखमा डा. सुरेन्द्र मानन्धर, ग्रामथान गाउँपालिकाको अध्यक्षमा तुलसीराम विश्वास, नलगाड नगरपालिकाका उपप्रमुखमा सुनीता बोहोरा, स्वामीकार्तिक खापर गाउँपालिकाका उपाध्यक्षमा सुलोचना कुमारी भण्डारी बोहोरा उम्मेदवार बन्ने भएका छन् ।
यसैगरी सर्केगाड गाउँपालिकाको उपाध्यक्षमा जाना शाही, गौरीशङ्कर गाउँपालिकाको उपाध्यक्षमा उमालुंगेली शेर्पा र पुथाउत्तरगंगा गाउँपालिकाको उपाध्यक्षमा केशकुमारी तुलाचन उम्मेदवार बन्ने भएका हुन्।
प्रतिक्रिया