झापा । झापाको दमक नगरपालिका–७ लालिगुरास टोलस्थित भित्री सडक खण्डमा सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ।
हिजो (मङ्गलवार) राति हनुमान मन्दिरतर्फबाट रतुवा पुलतर्फ जाँदै गरेको जस्तो देखिने बागमती प्रदेश–०२–०१७ प ३३४४ नम्बरको २२० सीसी पल्सर मोटरसाइकल सडकको पूर्वपट्टि पानी जमेको ढलको नालीभित्र पसेर दुर्घटना भएको थियो।
दुर्घटनापछि मोटरसाइकल चालक जिल्ला झापा कमल गाउँपालिका–६ बस्ने खङ बहादुर राईका छोरा ३८ वर्षीय विनोद राई मृत अवस्थामा फेला परेका थिए।
घटनाको जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी नायब उपरीक्षक किशोर लम्सालको कमान्डमा प्रहरी टोली खटिएर आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया