एनसेलले कोशी प्रदेशमा थप्यो ३० वटा फोरजी टावर, गुणस्तरमा थप सुधार

बुधबार, ०९ पुस २०८२

इटहरी ।  निजी दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले कोशी प्रदेशमा ३० वटा नयाँ टावरहरू थपेको छ । नयाँ पुस्ताको फोरजी सेवाको गुणस्तर सुधार तथा सेवा विस्तार योजना अन्तर्गत यी नयाँ टावरहरू जडान गरी सञ्चालनमा ल्याएको कम्पनीले जनाएको छ ।

नयाँ टावरहरू सञ्चालनमा आएसँगै ती स्थानका ग्राहकहरूले अब एनसेलको फोरजी नेटवर्कमार्फत गुणस्तरीय भ्वाइस र उच्च गतिको डेटा सेवालगायत भोल्टे सेवाको फाइदा सजिलै लिन सक्ने भएका छन् । आफ्नो सेवाको निरन्तर गुणस्तर सुधार र विस्तार अभियान अन्तर्गत एनसेलले कोशी, मधेश, लुम्बिनी, बागमती प्रदेशलगायत प्रदेशका स्थानीय तहमा आफ्नो फोरजी सेवाका थप टावरहरूका जडान गरेको हो ।

जिल्लागत हिसाबले कोशी प्रदेशका झापा, मोरङ, सुनसरी र इलाममा नयाँ टावर जडान गरिएको एनसेलले जनाएको छ । यी टावरहरू सञ्चालनमा आए पश्चात् झापाको गौरादह, अर्जुनधारा, बाह्रदशी, मोरङको रङ्गेली, जहदा, पहरी, सुनसरीको पश्चिम कुसाहा, इनरुवा, बर्जू र इलामको चुलाचुली र देउमाईलगायत विभिन्न स्थानका ग्राहकहरू लाभान्वित भएका छन् । 

“यहाँ नयाँ टावर थपेर साह्रै सजिलो भयो । पहिला जस्तो नेटवर्कको समस्या छैन अहिले सहज भयो । गाउँवासीहरू खुसी छन् । नेटवर्क भएकोले एनसेलmको सेवा सुविधा लिन सजिलो भयो,” धनपालथान गाउँपालिका, वडा नं ३, मोरङका पङ्कज कुमार यादवले भने । 

देशको डिजिटल कनेक्टिभिटी विस्तार गर्ने कम्पनीको प्रतिबद्धता बमोजिम फोरजी नेटवर्कलाई विस्तार र सुदृढ बनाइरहेको एनसेलले जनाएको छ । नयाँ टावर सञ्चालनले आधुनिक मोबाइल ब्रोडब्यान्ड र गुणस्तरीय भ्वाइस सेवामा अझ व्यापक पहुँच सुनिश्चित गरेको छ । यी ३० टावरहरू मध्ये २३ वटा टावर एनसेलले गएको दुई महिनामा जडान गरी सञ्चालनमा ल्याएको हो । चाँडै नै कम्पनीले खोटाङ, ओखलढुङ्गा र पाँचथरलगायतका जिल्लामा समेत टावरहरू थप्ने योजनाका साथ काम भइरहेको जनाएको छ ।

कोशी प्रदेश एनसेलको एक प्रमुख बजार मध्ये एक हो । यहाँ एनसेलले ८४० भन्दा बढी टावरहरू मार्फत सेवा प्रदान गरेको छ । एनसेलले यो अंग्रजी वर्ष २०२५ भित्र देशभर झन्डै २०० नयाँ टावरहरू थप्ने योजनाका साथ काम गरिरहेको र हालसम्म १५० बढी नयाँ टावरहरू जडान गरी सेवा दिन थालिसकेको जनाएको छ । 

आधुनिक प्रविधि र नेटवर्कमार्फत विश्वस्तरीय सेवा र ग्राहक अनुभव प्रदान गर्ने आफ्नो प्रतिबद्धता बमोजिम, एनसेलले ग्राहकहरूलाई उच्च गतिको मोबाइल ब्रोडब्यान्डमा पहुँच सुनिश्चित गर्दै जेठ २०७४ बाट फोरजी सेवा सुरु गरेको थियो । यो सेवा ७७ वटै जिल्लामा विस्तार विस्तार भइसकेको छ र कुल जनसङ्ख्याको ९५ प्रतिशत भन्दा बढी जनतामाझ यो सेवा पुगेको छ । 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार