विद्युत बक्यौता बाँकी रहेर लाइन काटिएका उद्योगहरूमा सोमबार १२ बजेभित्र बिजुली जोड्ने मन्त्रिपरिषद्को निर्णय

आइतबार, २५ कार्तिक २०८१
काठमाडौं : विद्युत बक्यौता बाँकी रहेर लाइन काटिएका उद्योगहरूमा सोमबार १२ बजेभित्रमा बिजुली जोड्ने मन्त्रिपरिषद्ले निर्णय गरेको छ। आइतबार (आज) बसेको मन्त्रिपरिषद बैठकले सोमबार १२ बजेभित्रमा लाइन काटिएका उद्योगहरूमा बिजुली जोड्ने निर्णय गरेको हो। सरकारले दुई दर्जनभन्दा बढी उद्योगमा पैसा नतिरेको भन्दै बिजुलीको लाइन काटेको थियो। सरकारले उद्योग व्यवसायी र नेपाल विद्युत प्राधिकरणबीच डेडिकेटेड ट्रंक लाइन सम्बन्धी विवाद समाधान गर्न पूर्व न्यायाधीश गिरिशचन्द्र लालको नेतृत्वमा लाल आयोग गठन गरेको थियो। उक्त लाल आयोग सार्वजनिक नभएको भन्दै आलोचना भइरहेका बेला आइतबार बसेको मन्त्रिपरिषद बैठकले उक्त प्रतिवेदन कार्यान्वयनमा लैजाने गरी सार्वजनिक गरेको हो।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार