विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओली विराटनगर आइपुगेका छन् । बुद्ध एयरको जहाजमार्फत उनी विराटनगर ल्याण्ड भएका हुन् ।
उनी विराटनगर हुँदै सुनसरीको धरान जाने कार्यक्रम छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको १३ औं दीक्षान्त समारोहमा सहभागी हुन उनी धरान जाने छन् ।
लामो समयसम्म रोकिएको दीक्षान्त समारोह नभएका कारण प्रतिष्ठानबाट अध्ययन गरिसकेका डाक्टर र नर्सहरू दीक्षित हुन पाएका थिएनन्। ओली आजै अपरान्ह विराटनगर विमानस्थल हुँदै काठमाडौं फर्किने कार्यक्रम छ ।
विराटनगर विमानस्थल र आसपासको सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रधानमन्त्री आउने भएपछि उनको प्रतिक्रिया लिन पत्रकारहरु विमानस्थल पुगेका छन् ।
प्रतिक्रिया