झापा । सरकारले रासायनिक मलको अनुदान कटौती र मल खादमा गरेको मूल्य वृद्धिको अखिल नेपाल किसान महासंघ झापाले विरोध जनाएको छ ।
मंगलवार प्रेस विज्ञप्ति जारी गर्दै जिल्ला अध्यक्ष विमल निरौलाले मल खादमा भएको मूल्य वृद्धिको निर्णय तत्काल खारेज गर्न माग गरेका छन् ।
भारतबाट भित्रदै गरेका विषादि युक्त र गुणस्तरहीन कृषि उपजको प्रवेश तत्काल रोक्न सरकारसंग महासंघ झापा शाखाले माग गरेको छ ।
कृषि प्रधान देशमा किसानका कृषि उपजलाई प्राथमिकता दिनुको सट्टा सरकारले मल खादमा गरेको मूल्य वृद्धि र अनुदान कटौतिले किसान समस्यामा परेको जनाइएको छ ।
विज्ञप्तिमा भनिएको छ ‘बाली लगाउने बेला सम्ममा पनि किसानलाई आवश्यक पर्ने मल खाद र उन्नत बीऊहरु प्राप्त गर्न सक्दैनन् , काला वजारीका कारण बजारमा मल खादको अभाव छ , महंगो मूल्य चुकाएर मल खरिद गर्नु पर्ने किसानको बाध्यता छ ।’
राज्यले प्रभावकारी अनुगमन गर्नुको सट्टा दलालहरुको पृष्ट पोषण गर्दा किसानले दोहोरो मार खेप्नु परेको अध्यक्ष निरौलाले बताए ।
प्रतिक्रिया