बेलबारी बहुमुखीमा भागबण्डामा कुरा मिल्यो,स्ववियु चुनाव नहुने

बुधबार, ०१ चैत्र २०७९
बेलबारी । मोरङको बेलबारीमा रहेको बेलबारी बहुमुखी क्याम्पसमा भागबण्डामा कुरो मिलेपछि चैत ५ गतेका लागि तोकिएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्बाचन नहुने भएको छ । सोही क्याम्पसमा सर्बसम्मत नेतृत्व चयन भएको छ । संयुक्त बाम लोकतान्त्रिक गठबन्धन र एमाले निकट अनेरास्वविबयु बिच नै प्रतिष्पर्धा हुने तयारी भईरहेका बेला सहमतिमा नयाँ नेतृत्व चयन गर्ने निर्णय भएको बेलबारी बहुमुअी क्याम्पसका प्रमुख भुपेन्द्र कोईरालाले जानकारी दिएका छन । उनका अनुसार गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका तर्फबाट सभापति र २ सदस्य,अखिलका तर्फबाट उपसभापति,सचिब र ५ जना सदस्य,क्रान्तिकारीका तर्फबाट कोषाध्यक्ष र १ जना सदस्य यसैगरी अखिल (एस) का तर्फबाट सहसचिब र एक सदस्य पाउने सहमति भएको छ । केही प्रक्रिया पुरा गर्न बाँकी रहेका कारण सर्बसम्मत नेतृत्व चयन भएपनि नामावली सार्बजनिक नगरिएको र भोलि सम्ममा सबै नामहरु सार्बजनिक गरिने कोईरालाले जानकारी दिए । यो सँगै संयुत्त बामगठबन्धनका तर्फबाट सभापतिका उम्मेदवार बनेका पुष्पल सुवेदी (सियोम) सभापति बन्ने भएका छन ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार