कोशी प्रदेश लेखे हात काटिदिने चवेगुको धम्की

बुधबार, ०१ चैत्र २०७९
केराबारी । सरकारी कागजपत्रमा कोशी प्रदेश लेखे हात काटिदिने पहिचानवादी नेता खगेन्द्र चवेगुले धम्कि दिएका छन् । केराबारीको वडा कार्यलयमा तालाबन्दी पछिको कोण सभामा पहिचान संगठनहरुले मुख्यमन्त्री हिक्मत कार्कीको पुत्ला दहन गर्नुको साथै कालोझण्डा समेत गाडेका छन । । कोशी प्रदेश नामाकरणको विरोध गर्दै आएको लिम्बूवान र किरात मुक्ति मोर्चा सहितका पहिचानवादीहरुले मोरंगको केराबारी गाउँपालिका वडा नम्बर १ को कार्यालयमा सोमबार तालाबन्दि समेत गरे । कोशी प्रदेश मान्दैनौं,पहिचानवादीहरु एक हौं,पहिचान सहितको प्रदेश नामाकरण गर जस्ता नारा लगाउदै आएका समुहले वडा कार्यालयमा तालाबन्दी गरेको हो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार