बर्जुमा मोटरसाइकलबाट लडेर महिलाको मृत्यु

बुधबार, ०१ चैत्र २०७९
इटहरी । सुनसरीको बर्जु गाउँपालिका–२ मा भएको सवारी दुर्घटनामा एक महिलाको मृत्यु भएको छ । को७प ५६५ नम्बरको मोटरसाइकलको पछाडि सवार बर्जु गाउँपालिका–३ की ३६ वर्षीया चन्द्रकलादेवी लडेर घाइते भएकी थिइन् । घाइते उनलाई उपचारका लागि विराटनगरस्थित कोशी अस्पताल लगिएको थियो । त्यहीँ उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक उनका श्रीमान ४१ वर्षीय शैलेन्द्र रायलाई नियन्त्रणमा लिएर प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार