बिराटनगरमा कोशी नाम खारेजको माग गर्दै विरोध प्रदर्शन , दुईजना पक्राउ

विहीबार, ०२ चैत्र २०७९
विराटनगर । विराटनगरस्थित प्रदेशसभा भवन अगाडि कोशी प्रदेश नाम खारेजीको माग गर्दै आयोजना गरिएको विरोध कार्यक्रमबाट प्रहरीले दुईजनालाई नियन्त्रणमा लिएको छ । पहिचानका लागि सडक साहित्यिक यात्रा, नाम विरोध कार्यक्रमबाट प्रहरीले दुईजनालाई नियन्त्रणमा लिएको हो । वडा प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा पत्रकार एवम् लेखक जनकऋषि राई र सञ्जय याक्खा रहेका छन् ।राई पत्रकार महासंघ सुनसरीका अध्यक्ष समेत हुन् । पहिचानसहितको नामकरण र कोशी नाम खारेजीको माग गर्दै कविता वाचन गर्ने क्रममा राई र याक्खालाई प्रहरीले नियन्त्रणमा लिएको किँरात अन्तराष्ट्रिय सांस्कृतिक अभियानका संयोजक भद्रगोल किराँतीले बताए । सडकमा कविता समेत वाचन गर्न नदिएर प्रहरीले निरंकुशता देखाउन खोजेको उनले आरोप लगाए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार