लागूऔषध र नक्कली नोट सहित झापाबाट दुई जना पक्राउ

विहीबार, ०२ चैत्र २०७९
  झापा । झापाको विर्तामोड नगरपालिका–४ बाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगर र नक्कली नोट सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । २४ बर्षीय सुवास ताजपुरिया र उनको भाई १९ बर्षीय प्रविण ताजपुरीयालाई प्रहरीले पक्राउ गरेको हो । बुधबार बेलुका बिशेष सुचनाको आधारमा प्रहरी चौकी विर्ताबजारबाट खटिएको प्रहरी टोलीले विर्तामोड–४ का ताजपुरियाको कोठा खानतलासी गर्दा ब्राउन सुगर र नक्कली नोट बरामद गरेको हो । प्रहरीले ४ ग्राम ३९० मिलिग्राम ब्राउन सुगर, नाइट्राजेपान २८ ट्यावलेट र नक्कली नेपाली नोट हजार रुपैयाको ८८ थान, पाँच सयको २ थान, अष्ट्रेलियन नोट एक सयको ३ थान, अन्य देशको नोट ११ थान, सक्कली नेपाली रुपैया ३ हजार र मे ५ प ९७९७ नम्वरको मोटरसाइकल बरामद गरेको हो । लागूऔषध ब्राउन सुगर र नक्कली नोट सहित पक्राउ परेका दुवै जनाविरुद्ध इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार