निरन्तर बढ्दै सुनको मूल्य, प्रतितोला कति ?

शुक्रबार, ०७ मंसिर २०८१
काठमाडौँ : नेपाली बजारमा सुनको मूल्य आज पनि बढेको छ । शुक्रबार सुनको मूल्य तोलामा १ हजार ५ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ६५ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ। अघिल्लो कारोबार दिन बिहिबार सुन प्रतितोला १ लाख ६४ हजार रुपैयाँमा कारोबार भएको थियो। यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला १ हजार ९ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।  

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार