काठमाडौँ : सिप्रदी ट्रेडिङ एवं भारत पेट्रोलियम कर्पोरेसन लिमिटेडले संयुक्त रूपमा ‘म्याक स्टार नाइट’ कार्यक्रम सम्पन्न भएको छ । राजधानीको सोल्टी होटेलमा कार्यक्रम आयोजना भएको हो ।
कार्यक्रममा सिप्रदीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ, प्रमुख सञ्चालन अधिकृत राजेजप्रसाद गिरी, उपाध्यक्ष सौरवराज थपलियालगायत सहभागी थिए ।
यसैगरी भारत पेट्रोलियम (ल्युब्रिकेन्ट)बाट कार्यकारी निर्देशक शुभान्कर सेन, रणनीति तथा अन्तराष्ट्रिय विभागका उपमहाप्रबन्धक राहुल दोङ्रे, पूर्व क्षेत्रीय प्रमुख रविकान्त गोविन्द, प्राविधिक सेवा कार्यकारी हिमांशु सिंघल लगायत अधिकारीहरूको उपस्थिति थियो।
म्याक स्टार नाइटमा डिलरहरूको अतिरिक्त उपस्थितिमा म्याक सिप्रदी स्टार एप एवम रुबी प्लस ग्रिजको उद्घाटन गरिएको थियो ।
सोही कार्यक्रमको अवसर पारेर म्याक सिप्रदीका श्रेष्ठ १० वटा डिलरहरूलाई विभिन्न विधामा सम्मानितसमेत गरिएको थियो।
सम्मानित डिलरहरू सप्तकोसी बियरिङ्ग, डाइन यामिक ट्रेडिङ, फोर बी सप्लायर्स, खेतान ट्रेडिङ, मनकामना अटो मोबाइल्स, बगलामुखी मोटर ट्रेडर्स, अस्त्र इन्टरनेशनल, भवानी ट्रेड लिंक, नेक्स्ट जेनेरेसन अटोमोटिभ र श्री कामना सप्लायर्स रहेको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया