काठमाडौँ : काठमाडौँ महानगरपालिकाले एमालेलाई एक लाख रुपैयाँ जरिवाना गराएको छ ।
काठमाडौँ एमालेले दरबारमार्गस्थित खुला सडकमा शुक्रबार जागरण सभा गर्ने क्रममा सडक तथा सडकपेटीमा जथाभाबी फोहरमैला गरी वातावरण प्रदूषण भएको काठमाडौँ महानगरका मेयर बालेन शाहको निर्देशनमा महानगरले एक लाख रुपैयाँ जरिवाना तिराएको हो ।
काठमाडौँ महानगरका नगर प्रहरी निरीक्षक लिलाराज गाछाले जारी गरेको सूचनामा भनिएको छ,‘प्रस्तुत विषयमा मिति २०८१ मंसिर ७ गते काठमाडौँ महानगरपालिका वडा नं.१ दरबारमार्गस्थित खुला सडकमा जागरण सभा गर्ने क्रममा सडक तथा सडकपेटीमा जथाभाबी फोहरमैला गरी वातावरण प्रदूषण गरेकोले तपाईँलाई फोहरमैला व्यवस्थापन ऐन, २०६८ र काठमाडौँ महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम रु. १००,०००।०० (अक्षरेपी एक लाख) जरिवाना गरिएको ब्यहोरा निर्देशानुसार अनुरोध गर्दछु ।’
प्रतिक्रिया