२ दिनमा १८ हजारले घटेको सुनको भाउ आज बढ्यो

बुधबार, १२ मंसिर २०८१
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । लगातार दुई दिन उच्च अंकले घटेको सुनको मूल्य आज बढेको हो । आज सुनको मूल्य प्रतितोला ९ सयले बढेको हो । सोमबार झण्डै १६ हजारले बढेको सुन मंगलबार २ हजार ७ सय रुपैयाँले घटेको थियो । सरकारले सुनको भन्सारमा आधा कटौती गरेपछि घटेको सुनको भाउ आज भने बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा १ लाख ४९ हजार ६ सयमा कारोबार भइरहेको छ। आज चाँदी प्रतितोला १० रुपैयाँले बढेको छ । चाँदी तोलाको १८ सय ३० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।  

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार