एमालेले बहुमतको दम्भ देखाएर नगरसभा बहिष्कार गरेको इटहरीका मेयरको आरोप

शुक्रबार, ०३ चैत्र २०७९
इटहरी । इटहरी उपमहानगर प्रमुख हेमकर्ण पौडेलले नेकपा एमाले पार्टीबाट प्रतिनिधित्व गर्ने नगर सदस्यले नगरसभा बहिष्कार गरेको आरोप लगाएका छन् । साझँ सामाजिक सञ्जाल मार्फत बहुमतको दम्भ देखाएर नगर सभा बहिष्कार गरेको आरोप लगाएका हुन् । उनले अहिले नगर सदस्य रहेका मात्रै नभई नेकपा एमाले जिल्ला पार्टी नै बहिष्कार गर्न लागेको टिप्पणी गरे । हामी नगरसभा सदस्यहरु इटहरीको पक्षमा थियौं । तर बाहिरी हस्तक्षेपले नगरसभा बहिष्कार गर्याे । नगर प्रमुख पौडेलले पुर्व नगर उपप्रमुख लक्ष्मी गौतम तर्फ इकिंत गर्दै आफुँ पदमा रहेका बेला असक्षम भएको टिप्पणी गरे । उनले भने “एमाले तर्फका नगर सदस्यलाई कारबाही गर्ने चेतावनी दिने यस अघिका जनप्रतिनिधिका कारण आज यो घटना भयो, यो इटहरीका लागि दुख को कुरा हो ।” उपमहानगरको हिउँदे अधिबेशनबाट नगरमा कार्यरत कर्मचारीलाई मासिक पाँच हजार खाजा भत्ता र पेट्रोल कटौती गर्ने, बजार अनुगमन, खेलकुद विकास लगायत अन्य विधेयक पेस गर्ने तयारी थियो । सोही विषयमा एमाले तर्फका नगर सदस्यले निश्चित मापदण्ड बनाएर ऐन संशोधन गरेर सेवा सुविधा कटौती गर्नु पर्ने धारणा राख्दै आएका छन् । आज (शुक्रबार) एक बजेका लागि नगरसभा तय भएको थियो । उक्त समय अघि देखाएका समस्यामा सबै नगर सदस्य समक्ष सहमति समेत भएको थियो । तर नगर सभा सुरु हुन लाग्दा पनि एमाले निकट सदस्य सभामा प्रवेश नगरेपछि सभा स्थगित भएको हो । नगरका प्रवक्ता दिवस पोख्रेल सामान्य विषयमा मतभेद हुँदा सभा स्थगित भएको बताउँछन् । उनले तोकिएको समयमा नगर प्रमुख पौडेल हलमा प्रवेश गर्दा एमाले निकट सदस्यहरु सभामा सहभागि नभएपछि स्थगित भएको पोख्रेलको भनाई छ । यता एमाले निकट नगर सभा सदस्य उमेश सुवेदी सामान्य विषयलाई लिएर नगर प्रमुख पौडेलले बखेडा झिकेको बताउँछन् । उनले केही मतभेद देखिएपनि सभामा सहभागि भएर त्यहिबाट समाधान खोज्ने तयारी गर्दागर्दै सभा स्थगित भएको सुचना बाहिर आएको उनको भनाई छ । हामी पनि विकासका एजेन्डा लिएर गएका छौं उनले भने “सबैका कुरा सुन्ने हो, निर्णय अन्त्यमा गर्ने हो तर यहाँ त के के भएजस्तो हल्ला फिजाइएको छ । यो सत्य हैन ।” उनले नगरसभा आफँुहरुले नरोकेको समेत स्पष्ट पारेका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार