चियाको बजारीकरण र व्यवसायीकरणको समस्याबारे मन्त्री अधिकारीसँग छलफल

शनिबार, १५ मंसिर २०८१
काठमाडौँ । इलाम क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य महेश बस्नेतले इलाममा चियाको बजारीकरण र व्यवसायीकरणमा देखिएका समस्याबारे कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीसङ छलफल गरेका छन् । कृषि तथा पशुपन्छी मन्त्रालयका सचिवसहितको छलफलमा इलामका व्यवसायीहरूको तर्फबाट सूर्योदय अर्थोडक्स टि प्रोड्युसर्स एसोसिएसन नेपालका उपाध्यक्ष अभिनन्द गिरिले नेपाली चियाको अन्तर्राष्ट्रिय बजारीकरणमा भारतीय बजारमा मात्रै निर्भर हुँदा पटक पटक समस्या आउने गरेको गुनासो पोखे । साथै चियाको अन्तर्राष्ट्रिय बजारीकरणका लागि विभिन्न देशसँग छलफल तथा आवश्यक पहलका लागि मन्त्रीको ध्यानाकर्षण समेत गराए । युरोप र अमेरिकी बजारमा बिक्री हुने उच्च गुणस्तरको तयारी अर्थोडक्स चिया निर्यात गर्दा भारतीय कस्टमले दुःख दिने गरेको व्यवसायीहरूको भनाइ छ । पूर्वी नेपालको सीमा नाका पानीट्यांकीस्थित भारतीय कस्टमले इलाम र पाँचथरको प्रमाणित अर्ग्यानिक चिया निकासीमा विभिन्न बहानामा अवरोध गर्ने गरेको व्यवसायीले बताउँदै आएका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार