खोटाङका एक व्यक्तिले आफ्नै शरीरमा लगाए आगो

शनिबार, ०४ चैत्र २०७९
इटहरी । खोटाङका एक व्यक्तिले आफ्नै शरीरमा आगो लगाएर आत्मदाह प्रयास गरेका छन्। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका २८ वर्षीय भोलाकाजी बाँस्तोलाले पेट्रोल छर्किएर आफैँलाई आगो लगाएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । शुक्रबार राति करीब ८ बजे उनले आफ्नै शरीरमा आगो लगाएका हुन् । त्यसो गरेको देखेपछि परिवारका सदस्य र छिमेकीले आगो निभाएका थिए । जिल्ला अस्पताल दिक्तेलमा सामान्य उपचारपछि बाँस्तोलालाई थप उपचारका लागि शुक्रबार राति नै काठमाडौं लगिएको छ । श्रीमतीसँगको झगडापछि बाँस्तोलाले आफ्नो शरीरमा आगो लगाएको प्रहरीको अनुमान छ । -प्रतीकात्मक तस्बिर ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार