दार्चुला : दुहुँ–५ मा कांग्रेसका उम्मेदवार धनसिंह कुँवर विजयी

आइतबार, १६ मंसिर २०८१
दार्चुला : दार्चुलाको दुहुँ गाउँपालिका–५ को वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार धनसिंह कुँवर विजयी भएका छन्। कुँवरले ३७६ मत प्राप्त गरी विजय प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी एमालेका उम्मेद्वार मानसिहं बडालले ३५८ मत प्राप्त गरेका छन् । यस्तै माओवादी केन्द्रका उम्मेदवार वीर सिंह कार्कीले ९८ मत र स्वतन्त्र उम्मेदवार लाल सिंह कुवँरले अर्ना चिन्हमा २५ मत प्राप्त गरेका छन्। यहाँ कुल ८७७ मत खसेको थियो । जम्मा खसेको मतमध्ये २० मत बदर भएको छ । यसअघि ०७९ सालको स्थानीय तह निर्वाचनमा वडा–५ मा मनोरथ भट्ट वडाध्यक्षमा निर्वाचित भएका थिए । उनको निधनपछि उक्त पदमा उपनिर्वाचन भएको हो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार