काठमाडौं : नेकपा (एमाले)ले स्थानीय तह उपनिर्वाचनमा हालसम्म ५ स्थानमा विजय हासिल गरेको छ ।
निर्वाचन आयोगका अनुसार कपिलवस्तुको शुद्धोधन गाउँपालिका–१ मा एमालेका मोहम्मद ताहिर मुसलमान विजयी भएका छन् ।
यसैगरी, एमालेबाट रामगोपालपुर नगरपालिका–२ मा सकिवुल खाँ, दैलेखको दुल्लु नगरपालिकामा–१३ मा लालबहादुर शाही, ओखलढुंगाको मोलुङ गाउँपालिका–५ मा गंगाबहादुर तामाङ र ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–३ को वडा अध्यक्षमा नेकपा (एमाले)की कुमारी सावादेन निर्वाचित भएकी छन् ।
यसका साथै, बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्षमा नेकपा (एमाले)की सुलोचनाकुमारी भण्डारी विजयी भएकी छन् ।
प्रतिक्रिया