बेलबारी । कोशी प्रदेशकै ठुलो क्याम्पस मध्येमा पर्ने मोरङको सुन्दरहरैचास्थित विराटचोकमा रहेको सुकुना बहुमुखी क्याम्पसमा स्वबियु निर्बाचन अनिश्चित बनेको छ ।
यसअघि एमाले निकट अनेरास्ववियुले तालाबन्दी गर्नुका साथै स्वबियु निर्बाचन रोक्न उच्च अदालत बिराटनगरमा मुद्धा दर्ता गराएको थियो । उच्च अदालतले शुक्रबार चुनाव गराउन आदेश दिएको थियो ।
एमाले निकट अनेरास्वबियु र बाम गठबन्धनका तर्फबाट बनेको संयुत्त प्यानलका बिच चुनावका बिषयलाई लिएर भएको विवाद बढदै जाँदा स्वबियु निर्बाचन अनिश्चित बनेको छ । देशभर चैत ५ गतेका लागि स्वबियु चुनाव तोकिएको छ । सुकुनामा ६ गतेका लागि चुनाव गर्ने बताईएपनि चुनाव अनिश्चित बनेको छ ।
प्रतिक्रिया