कीर्तिपुरमा नेपाली काँग्रेसका उम्मेदवारको अग्रता कायमै

सोमबार, १७ मंसिर २०८१
काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिकाको मेयर पदको मतगणना जारी छ । आइतबार भएको उपनिर्वाचनको मतगणनाअन्तर्गत यहाँ नेपाली कांग्रेसका उमेदवारको अग्रता कायमै छ । पछिल्लो गणनाअनुसार, कांग्रेसका उमेदवार कृष्णमान डंगोल एक हजार ८९२ मतसहित अग्रस्थानमा छन् । उनलाई पछ्याइरहेका नेकपा (एमाले)का उमेदवार सुरेन्द्र मानन्धरले एक हजार ३७८ मत पाएका छन् । उनीहरूबीचको मतान्तर ५१४ छ । यस्तै, नेकपा (माओवादी केन्द्र)का उमेदवार शिवशरण महर्जन एक हजार १८८ मतसहित तेस्रो स्थानमा छन् । स्वतन्त्र उमेदवार राजमान महर्जन (केटाकेटी चुनाव चिह्न) ७३६ मतसहित चौथो स्थानमा छन् । अर्का स्वतन्त्र उमेदवार दिनेशकुमार अधिकारी (कैँची चुनाव चिह्न) ६४२ मत ल्याएर पाँचौँ स्थानमा छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार